Saturday June 23, 2018 | |

क्यान्टीनमा झुण्डीएको अबस्थामा भेटिइन् हवल्दारकी श्रीमती

featured-news

गुलरिया :  जिल्ला प्रहरी कार्यालय बर्दीयामा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा झुण्डिएको अवस्थामा फेला परेको छ । उनको हत्या भएको वा आत्महत्या हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरी श्रोतले जनाएको छ । मृतक सोही क्यान्टिनमा काम गर्ने बुझिएको छ ।
श्रेष्ठको शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गुलरियामा लगिएको र घटना बारे सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । सिंह ठकुरीले श्रीमती श्रेष्ठलाई पहिले पनि बेलाबेलामा घरेलु हिंसा गर्नेगरेका कारण आत्महत्या वा हत्या के हो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालयमै भएको यस्तो घटना रहस्यमय भएको र शान्ति सुरक्षामा पनि आशंका उब्जन सक्ने देखिएको छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement