Monday November 20, 2017 | |

भारत्तोलक कार्की विश्वस्तरिय प्रतियोगीताका लागि छनोट

featured-news

न्यूयोर्क । अमेरिका निवासी नेपाली भारत्तोलक रुप कार्की अन्तराष्ट्रिय भारत्तोलन प्रतियोगीतामा प्रतिस्पर्धाको लागी छनोट भएका छन् । यहि नोभेम्बर १८ र १९ तारिखमा जर्जीयाको एटलान्टामा हुने अन्तराष्ट्रिय भारत्तोलन लिग च्याम्पियनसीपका लागी उनि छनोटमा परेका हुन् । विश्वभरका हेभिवेट भारत्तोलकहरु प्रतिश्पर्धी रहने सो प्रतियोगीतामा छनोट हुने कार्की पहिलो नेपाली मुलका अमेरिकन हुन् । राष्ट्रिय वा महादेशीय प्रतियोगीता जितेका प्रतियोगीहरु मात्र सो प्रतिस्पर्धामा सहभागी हुन पाउछन् । विगत एक दशक देखि भर्जिनिया बस्दै आएका कार्की गत बर्ष उत्तर अमेरिकी महादेशीय स्तरको प्रतिस्पर्धामा पनि उत्कृष्ट भएका थिए । उनि हेभिवेट भारत्तोलक हुन् । रुप कार्कीले छोरा रुपेश कार्कीको प्रशिक्षणमा लामो समयदेखि नियमित प्रशिक्षण गरिरहेका छन् । “विश्वस्तरको प्रतिश्पर्धामा सहभागी हुने मेरो ठुलो सपना थियो, त्यो पुरा भएको छ” कार्कीले भने । यो प्रतियोगीता जितेमा कार्की भारत्तोलनको विश्व च्याम्पियन बन्ने छन् ।

 

नेपालको रुपन्देही स्थाइ घर भएका कार्की विगत पन्ध्र बर्षदेखि अमेरिका बस्दै आएका छन् । नेपाल रहदा देखी नै भारत्तोलनका विभिन्न प्रतियोगीतामा सहभागी हुदै आएका कार्कीले अमेरिका आए पछि कठिन परिस्थितिका बावजुद अभ्यास निरन्तर राखेका थिए । उनले विभिन्न स्थानिय तथा राष्ट्रियस्तरका प्रतियोगिताहरुमा सहभागीता पनि जनाइ रहे यद्यपी शुरुका दिनहरुमा निराशा सिवाय केहि हात लागेन । तर उनले हरेश खाएनन् । नियमित अभ्यास र आत्मविश्वासले नै आफुलाइ यो स्तरको सफलता दिलाएको उनि स्मरण गर्छन । “जति निराशा हात लागे पनि मैले हरेश खाइन, निरन्तर मेहनतको फल हो यो” उनले भने । कार्की छनोट भएको प्रतियोगीतामा विश्वभरका भारत्तोलकहरु सहभागी हुनेछन् । भारत्तोलनको यो उच्चस्तरिय प्रतिश्पर्धा मध्यको एक हो । “उच्च आत्मबलका साथ सहभागी हुदैछु, म पदक ल्याउनेमा विश्वस्त छु” कार्कीले भने । गतबर्ष महादेशिय प्रतियोगिता जिते पश्चात उनलाइ विश्वस्तरिय प्रतिश्पर्धामा सहभागी हुन सकिन्छ भन्ने लागेको थियो । भारत्तोलन मार्फत नेपालको नाम उज्यालो बनाउने सपना बोकेका कार्की भन्छन्, “मेरो सपना नेपाललाइ विश्वमा चिनाउने हो, म जितेर फर्र्किने छु ।” उनले प्रतियागीतामा उपस्थित भै हौसला बढाइ दिन पनि सबै नेपालीलाइ अनुरोध गरे ।

 

यसमा तपाईको मत

11 प्रतिकृयाहरू प्राप्त
  • Kellee लेख्नुहुन्छ    |   2017-11-11 03:36:39

    This web site definitely has all of the information I wanted concerning this subject and didn't know who to ask. Also visit my blog post; first date ideas


  • Katherin लेख्नुहुन्छ    |   2017-11-11 04:30:31

    My family always say that I am wasting my time here at web, except I know I am getting knowledge daily by reading such good posts. Have a look at my weblog :: Example of Best for Dating Websites


  • Monroe लेख्नुहुन्छ    |   2017-11-11 11:55:54

    creditos rapidos sin nomina https://goo.gl/PCFq5V


  • Evie लेख्नुहुन्छ    |   2017-11-14 06:37:52

    Hey are using Wordpress for your site platform? I'm new to the blog (Lora) world but I'm trying to get started and create my own. Do you need any html coding knowledge to make your own blog? Any help would be greatly appreciated!


  • Carrol लेख्नुहुन्छ    |   2017-11-14 06:53:24

    Thank you a lot for sharing this with all people you actually realize what you're talking about! Bookmarked. Please additionally seek advice from my website =). We can have a hyperlink trade agreement between us Stop by my page ... blog (Lizette)





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement