Thursday October 19, 2017 | |

कान्तिलोकपथ सरकारको उच्च प्राथमिकतामाः राज्यमन्त्री राणा

featured-news

२६ असोज, काठमाडौँ । ललितपुर अर्थराज्यमन्त्री उदय शम्शेर राणाले कान्तिलोक पथ सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। ललितपुरमा आयोजित एक कार्यक्रममा उनले राजधानीलाई तराईसंग जोड्ने सबैभन्दा छोटो दूरीको कान्तिलोकपथ आयोजना निर्माणलाई बजेट अभाव हुन नदिने बताए। ललितपुर क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वा्चित सांसदसमेत रहेका राणाले कान्तिलोकपथ निर्माणपछि ललितपुरका पहाडी भेगका कृषकहरुलाई गाउँघरमा उत्पादित तरकारी तथा फलफूल सहज रूपमा काठमाडौं र्पुयाउन सहज हुने बिश्वास व्यक्त गरे। उनले निर्माणको ६० वर्ष पुगिरहँदा अब भने कान्तिलोकपथले काँचुली फेर्ने दाबी गरे। कान्तिलोकपथ पूर्ण सञ्चालनमा आएपछि तीन घण्टामा हेटौंडाबाट ललितपुरको सातदोबाटो पुग्न सकिने अपेक्षा गरिएको छ। हेटौंडादेखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर रहेको छ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement