Thursday July 27, 2017 | |

भरतपुर प्रकरणको मुद्दा हेर्दाहेर्दैमा, न्यायाधीशको उपचारपछि मुद्दाको टुंगो

featured-news

२ साउन, काठमाडौँ । भरतपुर प्रकरणको मुद्दा हेर्दा हेर्दैमा परेको छ । भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुन मतदान गर्ने कि नगर्ने भन्नेबारेमा सर्वोच्च अदालतमा परेको मुद्दाको सुनुवाई ६ दिनका लागि सरेको हो । सोमबार न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाई सुरु भए पनि कानून व्यवसायीको बहस नसकिएकाले मुद्दा हेर्दा हेर्दैमा राखिएको हो । सोमबार अधिवक्ता टिकाराम भट्टराईले मात्र बहस गरे । न्यायाधीश भण्डारीको पूर्व निर्धारित भारत भ्रमणका कारण हेर्दा हेर्दैमा परेको मुद्दामा भोलिपल्टै सुनुवाइ हुने भए पनि ६ दिनका लागि सरेको सर्वोच्च प्रशासनले जनाएको छ । न्यायाधीश भण्डारी मंगलबार उपचारका लागि विदेश जाँदै छन । न्यायाधीश भण्डारी ७ गते नेपाल फर्कने र ८ गते आइतबार पुनः सुनुवाइ सुरु हुने सर्वोच्च अदालतले जनाएको छ । मतगणना जारी रहँदा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेर पुनःमतदानको माग गरेपछि निर्वाचन आयोगले १९ नम्बर वडामा पुन मतदान गराउने निर्णय गरेको थियो । (यसअघि  न्यायाधीश भण्डारी उपचारका लागि विदेश जाँदैछन भन्नेमा अन्यथा भएकाेले सच्चाइएको छ।–सम्पादक)

 

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement