Wednesday September 19, 2018 | |

क्याम्पसले शूल्क बढाएपछि शंकरदेवका विद्यार्थी आन्दोलित

featured-news

काठमाडौँ । शंकरदेव क्याम्पस प्रशासनले व्यवस्थापन संकायका कार्यक्रमहरूमा अवैज्ञानिक रुपले शूल्क बढाएको भन्दै विद्यार्थीहरु आन्दोलित बनेका छन् ।


चार विद्यार्थी संगठनहरुले शुक्रबार क्याम्पस प्रशासनमा संयुक्त रुपमा ज्ञापन पत्र पेश गर्दै शूल्कवृद्धि तत्काल फिर्ता हुनुपर्ने माग गरेका छन् । क्याम्पसमा सञ्चालित विविए, विआइएम र विविएममा मनोमानी ढंगबाट दश प्रतिशतले शुल्कवृद्धी भएपछि अखिल, अखिल (क्रान्तिकारी), विप्लव निकट अखिल (क्रान्तिकारी) र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले असोज २ गतेको समयसीमाभित्र शूल्क फिर्ता नभए कडा रुपमा प्रस्तुत हुने जनाएका छन् ।


अनेरास्ववियुका अध्यक्ष आशिष तुम्बाहाङ्फे, अखिल (क्रान्तिकारी) का काबा अध्यक्ष जुबु लामा (अग्नी), माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का ईन्चार्ज कपिल सिजापती र विप्लव निकट अखिल (क्रान्तिकारी)का अध्यक्ष निगम भण्डारीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा देशका अन्य कुनैपनि क्याम्पसमा शूल्कवृद्धि नगरिएको अवस्थामा गरिब तथा जेहेन्दार विद्यार्थीको ढाड सेक्नेगरी क्याम्पसले शूल्क वृद्धि गरिएको भन्दै फिर्ता लिन माग गरिएको छ ।

gyapan

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement