Thursday October 18, 2018 | |

बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

featured-news

कैलाली । अत्तरियामा मोटरसाइकल र बस एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ ।


मृत्यु हुनेमा गोदावरी नगरपालिका–६ का २८ वर्षीय हेमन्त साउद र २४ वर्षीय विक्रम खड्का रहेका छन् । घटनामा घाइते भएका दुबै जनालाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


टीकापुरबाट अत्तरियातर्फ आउँदै गरेको कर्णाली यातायातको ना ५ ख ९०४९ नम्बरको बस र अत्तरियाबाट पूर्वतर्फ जाँदै गरेको से ५ प ७५३६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।


ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement