Tuesday August 21, 2018 | |

साउदी जेलमा रहेका गोरखाका कुमारलार्इ छुटाउन बाबुरामले दिने भए एक लाख

featured-news

गोरखा । विगत ६ महिनादेखि साउदी अरबको अफिफ जेलमा रहेका गोरखा भीमसेन गाँउपालिका–७, बोर्लाङ सातबिसेका कुमार रानामगरलाई जेलमुक्त गराउन पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १ लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् ।

साउदी अरेबियाको जेलमा करिव ८३ लाख ब्लडमनी तिर्न नसके आजीवन बन्दी बनिरहने रहेका गोरखाका राना मगरको ’ जीवन रक्षाको लागि ब्लडमनी संकलन अभियान(२०१८’ लाई गोरखा क्षेत्र न २ का प्रतिनिधिसभा सांसद समेत रहेको भट्टराईले १ लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

गाडी दुर्घटना हुँदा घाईते भएका साउदी नागरिक खलिद विन फाहद बिन सदरको क्षतिपुर्ति (दिया रकम) २ लाख ९४ हजार साउदी रियल अर्थात् ८३ लाख नेपाली रुपैयाँ दिने साउदी अदालतले सुनुवाई गरेपछि उक्त रकम तिर्न नसकेर जेलमा रहेका रानालाई रिहाइको लागि भट्टराईले १ लाख रुपैयाँ दिने सामजिक सञ्जाल फेसबुक मार्फत सहयोगको घोषणा गरेका हुन् ।

उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ’आफ्नो देशको गरीब नागरिक विपदमा पर्दा पाषाणहृदयी सरकारले कुनै सहयोग नगरेपछि नागरिकस्तरबाट यो पहल गरिएको छ! बृद्ध बाबुआमा, नावालक सन्तान र सामान्य गृहिणी श्रीमती भएका गरीब कुमार रानालाई सहयोग गर्नु हामी सबैको कर्तव्य हुन्छ!’

विगत सात महिनादेखि साउदीमा जेलजीवन बिताइरहेका गोरखा बोर्लाङका कुमार रानाको जीवन रक्षाका लागि ‘ब्लडमनी डोनेसन’ अभियान, २०१८ सुरु गरिएको छ । यस अभियानमा अहिले नेपाल देखि गल्फका विभिन्न देशमा रकम संकलन समिति बनाएर रकम संकलन गर्न लागिएको हो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News