Friday October 19, 2018 | |

विश्वकप फुटबलको आज फाइनल : फ्रान्स र क्रोएसिया भिड्दै

featured-news

काठमाडौं । रुसमा जारी विश्वकप फुटबलको आज फाइनल खेल हुँदैछ । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा हुने खेलमा फ्रान्स र क्रोएसिया उपाधिका लागि भिड्दैछन् ।


सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स तथा इङ्गल्याण्डलार्ई हराउँदै क्रोएसिया फाइनलमा पुगेको हो ।


तेस्रो पटक फ्रान्सले विश्वकप फुटबलको फाईनल खेल्दैछ । सन् १९९८ मा आफ्नै देशमा भएको विश्वकपको उपाधि जितेको फ्रान्स सन् २००६ मा जर्मनीमा भएको विश्वकपको फाईनलमा ईटालीसँग पराजित भएको थियो ।


क्रोएसिया भने पहिलो पटक फाईनलमा पुगेको हो । स्न १९९८ को विश्वकपमा पहिलो पटक सहभागिता जनाउँदा क्रोएसिया तेस्रो भएको थियो ।


फाइनलसम्म आईपुग्दा क्रोएसियाले सबै ६ खेल जितेको छ भने फ्रान्सले ५ खेल जित्दै समुहको एक खेल बराबरी गरेको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement