Monday December 10, 2018 | |

शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित

featured-news

काठमाडौं । वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मानित भएका छन् । उनलाई धर्मराज–सावित्री थापा लोकसाहित्य संस्कृति पुरस्कार–२०७४ बाट सम्मानित गरिएको हो ।


जनकविकेशरी धर्मराज–सावित्री थापा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले रु ५० हजार राशी तथा सम्मानपत्र सहित जोशीलाई सम्मान गरेका छन् । कला, संस्कृति तथा इतिहासमा श्रीवृद्धि गर्न देशका लागि अतुलनीय सेवा गरेको भन्दै प्रतिष्ठानले जोशीलाई सो सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।


शारदा पत्रिकाबाट साहित्यिक यात्रा शुरु गरेका जोशी २०२८ सालमा जुम्लाको सिञ्जा खोलामा नेपाली भाषाको व्युत्पत्तिको अनुसन्धानात्मक खोज गरी प्रतिवेदन तयार गरेपछि चर्चाको शिखरमा पुगेका थिए । उनका जयप्रकाश र श्वेतचैतत्यकृत महाकाव्यसहित थुप्रै नेपाल भाषा तथा नेपाली भाषामा पुस्तकहरु प्रकाशित छन् ।


सम्मान ग्रहण गर्दै शताव्दी पुरुष जोशीले हिमाल नै हिमालले ढाकिएको नेपालमा हिमवत् संस्कृतिको प्रभाव रहेको बताउँदै नेपालको लोकसंस्कृतिको विकास गर्न सकेमा मात्र अग्रगामी फड्को मार्न सकिने बताए ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement