Thursday October 18, 2018 | |

चिनीको मूल्यवृद्धिमा छानबिन गर्न अख्तियारलाई संसदीय उप–समितिको सुझाव

featured-news

काठमाडौं । चिनीको मूल्यवृद्धिमा छानबिन गर्न संसदको सार्वजनिक लेखा समितिद्वारा गठित उप–समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सिफारिस गर्न सुझाव दिएको छ ।


लेखराज भट्टको संयोजकत्वमा बनेको उप–समितिले बिहीबार लेखा समितिका सभापति भरत शाहलाई अध्ययन प्रतिवेदन बुझाउँदै सो सुझाब दिएको हो ।


समितिले सरकारले चिनीमा लगाएको परिमाणात्मक बन्देजको कोटा खारेज गर्न पनि निर्देशन दिनुपर्ने र अर्थ मन्त्रालयमार्फत सरकारलाई वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने व्यवस्था खारेज गर्नुपर्ने सुझाव दिएको हो ।


गत महिना मन्त्रीपरिषदले वार्षिक एक लाख मेट्रिक टन मात्रै चिनी आयात गर्न पाउने निर्णय गरेसँगै चिनीको मूल्यमा भारी वृद्धि भएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement