Monday November 20, 2017 | |

प्रदेश नम्बर ७ मा पनि एमाले पहिलो पार्टी बन्छः भीम रावल, उपाध्यक्ष एमाले

featured-news

नेकपा एमालेका उपाध्यक्ष भीम रावल अहिले सुदूरपश्चिमका जिल्लाहरुमा चुनावी कार्यक्रममा व्यस्त छन । सुदूरका सवै जिल्ला पुगेर एमालेको उम्मेदवारहरुलाई हौसला बाँडिरहेका रावलले ७ नम्बर प्रदेशमा एमाले पहिलो पार्टी बन्ने दाबी गरेका छन । ७ नम्बरमा प्रदेशमा कांग्रेस र माओवादी केन्द्रका बीच तालमेल भएको छ तर पनि एमाले जित्ने रावलको दावी छ । रावलसँग चुनावी अभियानमा बारेमा गरिएको कुराकानीको अंश –

० समग्र प्रदेश नं ७ को चुनावी अवस्था कस्तो छ ?

–यस प्रदेशका सबै स्थानीय तहमा एमालेकोे अवस्था अत्यन्तै राम्रो छ । हाम्रो पार्टीको पक्षमा व्यापक जनमत देखिएको छ । बझाङको काडाँ गाउँपालिका वडा नं ५ मा हाम्रो प्यानल नै निर्विरोध भइसकेको छ । अछामको मंगलसेनका तीन सदस्य,बाजुरामा एक सदस्य निर्विरोध निर्वाचित भइसक्नुभएको छ । अहिले कांग्रेस, माओवादी केन्द्र, राप्रपा, जनमोर्चा, जनशक्तिका कार्यकर्ता हाम्रो पार्टीमा प्रवेश गर्ने लहर नै चलेको छ । एमालेको पक्षमा जनताको व्यापक समर्थन छ । यस स्थितिबाट आत्तिएर कांग्रेस–माओवादीले उच्छृङ्खल गतिविधि गर्न थालेका छन् । बाजुरामा हंसबहादुर राउतको ढुंगाले हानेर हत्या नै गरे भने अछाममा उम्मेदवारी दर्ता गराएर फर्किएका हाम्रा नेता, कार्यकर्तामाथि ढुंगामुढा गरेर नौ जनालाई घाइते बनाए । हाम्रो पार्टीको सुदृढ अवस्थालाई कसरी कमजोर पार्न सकिन्छ भन्ने योजनाका साथ गृहमन्त्री आफै निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचारमा हिडेका छन् ।

 

० प्रदेश नं ७ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह क्षेत्र पनि हो, निर्वाचनमा त त्यसको पनि रामै्र प्रभाव पर्ला नि ?
–सत्ताको दुरुपयोग गरिएका कुरा सुनिन थालेको छ । प्रधानमन्त्रीकै गृहजिल्लामा कांग्रेसका कार्यकर्ताले पेस्तोल बोकेर हिंडेको सुनिएको छ । तर प्रधानमन्त्रीकै गृहजिल्लामा अहिले उहाँविरोधी लहर व्यापक छ । त्यहाँका अधिकांश जनता एमालेको पक्षमा सूर्यचिन्ह अङ्कित झण्डा बोकेर प्रचारमा हिडिरहेका छन् । ०४८ सालको निर्वाचनमा कांग्रेसले यसरी नै धाँधली गरेर देशलाई हिंसा र अधोगतिको दिशातिर धकेलेको थियो, अहिले पनि त्यहि कुराको पुनरावृत्ति गर्न खोजेको देखिंदैछ ।

 

० प्रदेश नं. ७ का केही जिल्लामा मधेशी र मुसलमान समुदायको बहुल्यता पनि छ, त्यहाँ चाहिँ एमालेको अवस्था कस्तो छ ?
–कन्चनपुर, कैलाली लगायतका जिल्लामा म पूर्वदेखि पश्चिमसम्मै घुमे । दर्जनाै स्थानमा आयोजित सभालाई सम्बोधन पनि गरेँ । ती ठाउँमा एमालेलाई जनताको व्यापक समर्थन देखिएको छ ।

 

० धेरै ठाउँमा काँग्रेस–माओवादीले एमालेविरुद्ध मोर्चावन्दी पनि गरेका छन्, यसले त एमालेको विजय यात्रालाई खुम्च्याउँछ होला नि ?
–सबै ठाउँमा तालमेल छैन । अछाममा तालमेल गरेका छन् । कैलालीलगायतका केही जिल्लाका केही–केही ठाउँमा गरेका छन् । तर, आम जनताको मनोविज्ञान कस्तो छ भने यो गठबन्धन भनेको कुनै देश र समाजको हितका लागि होइन । त्यसैले गठबन्धन गर्दैमा मत उनीहरुलाई जाने अवस्था छैन ।.

 

० यस प्रदेशमा पर्ने ८२ स्थानीय तहमध्ये एमालेले कतिमा जित्ने अपेक्षा गर्नुभएको छ ?
–अहिले नै ठ्याक्कै आँकडा सार्वजनिक गर्नु उचित नहोला । तर, हामी एक नम्वर पार्टीको रुपमा अगाडि आउँछौं ।

यसमा तपाईको मत

47 प्रतिकृयाहरू प्राप्त
  • MiguMydrowly लेख्नुहुन्छ    |   2017-09-27 11:14:47

    Amoxicillin Allergy Symptoms Org cheap cialis Low Cost Viagra Levitra Free


  • MiguMydrowly लेख्नुहुन्छ    |   2017-10-01 05:58:01

    Prescribing Information For Amoxicillin Achat Ciprofloxacin En Ligne Belgique cialis Viagra Generikum Bestellen Donde Comprar Cialis 5 Mg Como Comprar Viagra En Usa


  • MiguMydrowly लेख्नुहुन्छ    |   2017-10-01 05:58:06

    Prescribing Information For Amoxicillin Achat Ciprofloxacin En Ligne Belgique cialis Viagra Generikum Bestellen Donde Comprar Cialis 5 Mg Como Comprar Viagra En Usa


  • MiguMydrowly लेख्नुहुन्छ    |   2017-10-01 05:58:09

    Prescribing Information For Amoxicillin Achat Ciprofloxacin En Ligne Belgique cialis Viagra Generikum Bestellen Donde Comprar Cialis 5 Mg Como Comprar Viagra En Usa


  • MiguMydrowly लेख्नुहुन्छ    |   2017-10-01 05:58:12

    Prescribing Information For Amoxicillin Achat Ciprofloxacin En Ligne Belgique cialis Viagra Generikum Bestellen Donde Comprar Cialis 5 Mg Como Comprar Viagra En Usa





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement