Friday November 16, 2018 | |

प्रदेशसभा सांसदले पहिरो पीडितलाई दिए २ महिनाको तलब

featured-news

नुवाकोट । नुवाकोट जिल्ला क्षेत्र नं. १ को प्रदेश ‘ख’ बाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य बद्री मैनालीले यहाँका पहिरो पीडित दुई परिवारलाई आफ्नो दुई महिनाको तलब ९० हजार उपलब्ध गराएका छन् ।


पहिरोले घर पुरिँदा सबै सम्पत्ति गुमाएका नुवाकोट सूर्यगढी गाउँपालिका–२ चोकदेका कुमार शाही र नवबहादुर श्रेष्ठको परिवारलाई प्रदेशसभा सदस्य मैनालीले उनीहरुको अस्थायी निवासमा नै पुगेर सो रकम वापतको चेक प्रदान गरे । उनले दुई महिनाको तलबबाट प्राप्त भएको रकम शाही र श्रेष्ठको परिवारलाई जनही रु ४५/४५ हजार दिएका हुन् ।


गत साउन ३ गते बिहीबार राति आएको पहिरोमा परी उनीहरुको घर पूर्णरुपमा भत्केको थियो । पहिरोबाट गम्भीर घाइते भएका नवराज श्रेष्ठ, उनकी श्रीमती निरु, छोरी निशा र छोरा विकास गम्भीर घाइते भएर तीन महिना अस्पतालमा उपचार गरेपछि हाल घरमा आराम गर्दै छन् ।


मैनालीले चुनावी घोषणासभामा आफू विजयी भएमा सांसद पदबाट प्राप्त हुने सुविधा समाजसेवामा खर्चने भनी जनाएको प्रतिवद्धताअनुसार उक्त सहयोग गरेको बताए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement