Thursday October 18, 2018 | |

लगातार पाँचौ जीतमा नेपाल, चीनमाथि १० विकेटले विजयी

featured-news

काठमाडौं । आईसीसी टि–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट प्रतियोगितामा नेपाल १० विकेटले विजयी भएको छ ।


चीनले नेपाललाई दिएको २७ रनको लक्ष्य नेपालले १.५ ओभरमा पूरा गरेको थियो । नेपालका विनोद भण्डारीले २४ तथा प्रदीप ऐरी ४ रनमा नट आउट रहे । टस जितेर पहिला फिल्डिङ गरेको नेपालले चीनलाई १३ ओभरमा २६ रनमा अल आउट गरेको थियो ।


यसअघि मलेसियाको मायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको चीनले नेपालसामु ठूलो स्कोर बनाउन सकेन । चीनले १३ ओभरमा सबै विकेटको क्षतिमा २६ रन मात्रै बनाएपछि नेपालले २७ रनको चुनौति पाएको हो ।


चीनका कुनै पनि खेलाडीले उच्च स्कोर बनाउन सकेनन् । चीनका ३ जना खेलाडीले मात्रै रन बनाउन सके । चीनका लागि होङ जियाङ यानले ११ रन बनाउन बाहेक अन्य खेलाडी सस्तैमा समेटिए । डेङजी माले ५ र चेन जिनफेङले १ रन बनाए । चीनका ७ जना खेलाडी शुन्य रनमै आउट भए ।


चीनलाई सस्तैमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने, बसन्त रेग्मी र ललितनारायण राजवंशीले समान ३–३ विकेट लिए ।


लगतार ५ खेलमा शानदार जित हात पारेको नेपालले १० अंक बनाएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement