Friday November 16, 2018 | |

सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड बसुन्धरा भुसाललाई

featured-news

काठमाडौं । अभिनेत्री बसुन्धरा भुसाल ‘सूर्य लाईफटाईम एचिभमेन्ट अवार्ड–२०१८’ बाट सम्मानित हुने भएकी छन् । नेपाली कला तथा चलचित्र क्षेत्रमा ४ दशक लामो क्रियाशीलता रहेकी अग्रज अभिनेत्री भुषाललाई आगामी आइतबार जापानको टोकियोमा हुने कार्यक्रममा सो सम्मान दिन लागिएको हो ।


कार्यक्रममा विगत ३ दशकदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील अभिनेता भुवन केसीलाई ‘सूर्य कलाकारिता सम्मान–२०१८’ र डेढ दशकदेखि चलचित्र पत्रकारितामा सक्रिय पत्रकार सामिप्यराज तिमल्सेना र फोटो पत्रकारितामा सक्रिय श्रीधर पौडेललाई ‘सूर्य चलचित्र पत्रकारिता पुरस्कार–२०१८’ बाट पुरस्कृत गरिने आयोजक संस्था सूर्य कर्पोरेशनले जनाएको छ ।


समारोहमा चलचित्रका ६ विधा र गायनका ६ विधामा समेत अवार्ड प्रदान गरिनेछ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement