Sunday December 16, 2018 | |

माघ–फागुनसम्म रेल सञ्चालन भइसक्छ : मन्त्री महासेठ

featured-news

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले आउँदो माघ–फागुनभित्रै जयनगर–जनकपुर रेल सेवा सञ्चालन भइसक्ने बताएका छन् ।


बिहीबार प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्री महासेठले भने, ‘माघ–फागुनसम्म रेल सञ्चालन भइसक्छ । हामीले छिटो सञ्चालनमा ल्याउने गरी काम गरिरहेका छौं ।’


बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरुका बारेमा छलफल भएको थियो । सो क्रममा उनले जयनगर–जनकपुरको कुर्थासम्म ३५ किलामिटरको काम लगभग सकिएको बताए । उनले नयाँ रेल किनेर ल्याउन समय लाग्ने भएकाले तत्काललाई भाडामै लिएर भएपनि फागुनभित्रै रेलसेवा सञ्चालन गर्ने जानकारी दिए ।


मन्त्री महासेठले ४ वर्षभित्र राष्ट्रिय गौरवका आयोजनाहरु हुलाकी लोकमार्ग, पुष्पलाल लोकमार्ग, तराई मधेस द्रुत मार्ग, कोशी लोकमार्ग, कालीगण्डकी कोरिडोर, कर्णाली लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना सम्पन्न भइसक्ने दाबी गरे ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement