Sunday December 17, 2017 | |

उत्तर कोरियाद्वारा अन्तरमहादेशीय बालिस्टिक क्षेप्यास्त्र परीक्षण

featured-news

१३ मंसिर, काठमाडौँ । उत्तर कोरियाले अमेरिकी महादेशसम्म पुग्नसक्ने नयाँ अन्तरमहादेशीय बालिस्टिक क्षेप्यास्त्र सफलतापूर्वक परिक्षण गरेको बताएको छ । सरकारी टेलिभिजनमा प्रशासित समाचारमा उत्तर कोरियाले ‘परमाणु राज्य’ बन्ने आफ्नो सपना पूरा गरेको बताएको छ । ह्वासोङ–१५ नाम दिइएको उक्त क्षेप्यास्त्र बुधबार विहान प्रक्षेपण गरिएको थियो । जापानी समुद्रमा खसेपछि उक्त परिक्षणको व्यापक आलोचना गरिएको थियो । प्योङयाङका अनुसार नेता किम जोङ–उन आफैले उक्त प्रक्षेपणमा भाग लिएका थिए ।


जापानमा आपतकालीन बैठक
यसैबीच जापानले पनि उत्तर कोरियाको पछिल्लो मिसाइल परीक्षणप्रति तीखो प्रतिक्रिया दिएको छ । यस परीक्षणपछि प्रधानमन्त्री शिन्जो आबेले मन्त्रीमण्डलको आपतकालीन बैठक बोलाएका छन् । जापानी सरकारका प्रवक्ता योशीहिडे सुगाले भने, ‘उत्तर कोरियाको पश्चिम तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरिएको छ र यो हाम्रो विश्व आर्थिक क्षेत्रमा खसेको छ । यसको हामी जोडदार विरोध गर्दछौं ।’ हाल उत्तर कोरियाले लगातार मिसाइल परीक्षण गर्दै आएको छ । जसमा उसको इन्टरकन्टिनेन्टल ब्यालेस्टिक मिसाइल पनि शामेल छ । यस परीक्षणसँगै उत्तर कोरियाले आफ्ना छिमेकी देश र अमेरिकासँग पनि तनाव बढाइरहेको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement