Sunday December 17, 2017 | |

घोराही सिमेन्टको दादागिरी, विभागको निर्देशन विपरित अबैध उत्खनन

featured-news

२५ असोज, काठमाडौँ । घोराही सिमेन्ट उद्योगले खानी विभागको निर्देशन बिपरित रोल्पाको बुढागाउँबाट अबैध तरीकाले दैनिक सयभन्दा बढी ट्रिपर चुनढुंगाको उत्खनन र बनको फडानी गरिरहेको छ । स्थानीय राजनैतिक ब्याक्तीहरुलाई आफ्नो प्रभावमा लिएर घोराही सिमेन्ट उद्योगका अध्यक्ष पुरुषोत्तमलाल सघाइले अबैध उत्खनन गरेका हुन । खानी बिभाग र बन बिभागको अनुमति बिना स्थानीय प्रशासन र प्रहरीसँगको मिलोमतोमा राप्ती माइनिंग र पुन कन्स्ट्रक्सनमार्फत दर्जनौं स्काइभेटरले दिनहुुँ सयभन्दा बढी ट्रिपर चुनढुंगा उत्खनन गरि दाङको घोराही स्थित सिमेन्ट उद्योगमा ल्याइरहेका छन । उद्योगले हालसम्म चुनढुगाको कतै कुनै राजस्व समेत बुझाएको छैन । चुनढुङा उत्खनन गर्न खानी बिभागको अनुमति बन बिभागको स्बीकृती, बाताबरण बिभागको अनुमति लिएर स्थानीय गाउँपालिकाबाट कर बुझाएपछि मात्र उत्खनन गर्न पाइन्छ ।

5_1

राप्ती माइनिग र पुन कन्स्ट्रक्सनले सम्बन्धित कुनै बिभाग र कार्यालयबाट अनुमती नलिई रोल्पा त्रिबेणि गाउँपालिका वडा न ३ बुढागाउको उपल्लो छाप कोपिला डाडोबाट स्काभेटर प्रयोग गरी चुनढुंगा उत्खनन भइरेको छ । निजि जग्गा लालपुर्जा रहेकोले आफुहरुले उत्खनन गरेको पुन कन्स्ट्रक्सनका सञ्चालक प्रेम पुनले बताएका छन । तर निजी जग्गा भएपनी उत्खनन गर्न खनी बिभागको अनुमति लिनुपर्ने हुन्छ । चुनढुङा उत्खननमा राजनैतिक संरक्षण रहेकोले स्थानीय हरु बिरोध गर्न सकेका छैनन् । यता खानी बिभागले रोल्पा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई अबैध तथा चोरीगरी उत्खनन तत्काल रोक्न निर्देशन सहित पत्र पठाएको छ ।

यसमा तपाईको मत

3 प्रतिकृयाहरू प्राप्त
  • Lorenza लेख्नुहुन्छ    |   2017-11-04 11:14:43

    Dad and mom can adapt the commonest kids activities. My homepage: birthday gift ideas for visiting teachers (http://ow.ly/taH930g6MTl)


  • Look What I Found लेख्नुहुन्छ    |   2017-11-10 10:54:16

    Hi my friend! I want to say that this article is amazing, nice written and include almost all important infos. I would like to see more posts like this . look what i found http://calebfcqc555blog.ampedpages.com/Roofing-Made-Simple-In-The-Following-Paragraphs-10489895


  • Informative Post लेख्नुहुन्छ    |   2017-11-10 10:54:22

    I think that is an enchanting element, it made me assume a bit. Thank you for sparking my thinking cap. Once in a while I get so much in a rut that I simply really feel like a record. informative post http://ricardopfxoz.getblogs.net/1690788/step-by-step-tips-you-can-use-for-taking-care-of-your-roof





फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement