Saturday July 21, 2018 | |

‘मैत्रीपूर्ण संरचना पाउँदा अपाङ्गता भएको अनुभूति नै हुँदैन’

featured-news

–सुशील दर्नाल 

२८ पुुुस, काठमाडाैँ । शारीरिक रूपमा अपाङ्गता भएपनि यामी झाँक्री मगरलाई आजभोलि आफूमा अपाङ्गता नभएकोे अनुभूति हुन्छ । बागबजारस्थित होटल हार्दिकमा कार्यरत ह्विलचेयर प्रयोगकर्ताका लागि पूर्ण रूपमा अपाङ्तामैत्री भौतिक संरचना रहेका कारण यामीलाई आफू साङ्गभन्दा कमजोर नभएको महसुस हुन्छ । विगत दुई वर्षदेखि सो होटलमा लेखापाल रहेका यामीले भन्नुभयो – “सो¥ह वर्षको हुँदा मेरूदण्डको शल्यक्रिया असफल भएपछि अपाङ्गताको अवस्थामा रहनुुप¥यो । अहिले ह्विलचेयर प्रयोग गर्दै आएपनि यहाँको भौतिक संरचनाका कारण मलाई अपाङ्गता छु भन्ने फिलिङ् नै हुँदैन ।” होटलका ३४ कोठामध्ये ४ कोठा, एक शौचालय र ६ वटा हलमध्ये ३ वटा ह्विलचेयर प्रयोगकर्ताका लागि सहज भएको होटल सञ्चालक रमेश पाण्डेले जानकारी दिनुभयो । होटल तथा रेष्टुराँमध्ये अपाङ्गतामैत्री संरचना भएको होटल हार्दिक पहिलो भएको सञ्चालक पाण्डेको दावी छ । जे भएपनि तुलनात्मक रुपमा अपांगता भएका व्यक्तिहरुका लागि मैत्रीपूर्ण बनाउन होटेल हार्दिकले गरेको प्रयासलाइ निकै सकारात्मक छ । “ह्विलचेयर प्रयोगकर्ताका लागि हाम्रो होटल अपाङ्गमैत्री नै छ, श्रवण शक्ति गुमाएका, दृष्टिविहीन लगायत अन्य प्रकृतिका अपाङ्गता भएका व्यक्तिका लागि पनि अपाङ्गतामैत्री संरचना बनाउने तयारी भइरहेको छ” – सञ्चालक पाण्डेले भन्नुभयो । राजधानीका अधिकांश होटलमा यस्तो सुविधा छैन । यामी जस्तै शारीरिक रूपमा अपाङ्गता भएका चितवनका उर्मिला घिमिरे पनि केबुलकारबाट चन्द्रागिरिको डाँडामा पुगेर भालेश्वर महादेवको दर्शन गर्न पाउँदा अत्यन्त खुशी हुनुहुन्छ । ह्विलचेयर प्रयोगकर्ता पत्रकार गजेन्द्र बुढाथोकी पनि चन्द्रागिरि पुग्न पाउँदा दंग हुनुहुन्छ । “म अपाङ्गता भएको लामो समयपछि चन्द्रागिरि जाँदा पहिलो पटक फ्रेश भएको छु भन्दा हुन्छ” – उहाँले भन्नुभयो । चन्द्रागिरि हिल्स प्रालिले भ्यु टावर, भालेश्वर मन्दिर, हल र शौचालयलगायत सम्पूर्ण संरचना अपाङ्गतामैत्री बनाएको कम्पनीका जनसम्र्पक व्यवस्थापक राजु पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ र महिनामा करिव एक सय जना यस्ता व्यक्ति यहाँ आउने गरेका छन् । प्रधानमन्त्रीको कार्यालय, अर्थ मन्त्रालय, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, काठमाडौँ जिल्ला अदालत लगायतका सरकारी भौतिक संरचनाहरु पनि केहीहदसम्म भएनि अपाङ्गता मैत्री वनाउने प्रयास गरिनुले अपाङ्गता भएका व्यक्तिहरुको मनोबल अझ बढ्दै गएको छ । 
त्यसैगरी, सिटिसी मल सुन्धारा, ग्राण्डी अस्पताल टोखा, लाबिम मल पुल्चोक र आदर्श सउला युवक मावि, ललितपुरले पनि आफ्ना संरचानालाइ अपाङ्गता मैत्री बनाउन राम्रा प्रयासहरु गरेको पाइन्छ । सरकारले यस्ता व्यक्तिहरुको आवश्यकतालाई ध्यानमा राखेर २०६९ सालमा ‘अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्दे्शिका’ जारी गरेको छ । निर्दे्शिकामा सरकारी भवन, विद्यालय, विश्वविद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सार्वजनिक सडक, सडक पेटी, यात्रु प्रतीक्षालय र पार्किङ स्थल ‘पहुँचयुक्त अपाङ्गतामैत्री हुनुपर्ने’ भनिएको छ । निर्दे्शिका अनुसार भवनका साथै सार्वजनिक सडक र सडक पेटी समेत अपाङ्गता मैत्री बनाउनुपर्ने कानूनी व्यवस्था गरिएको छ । सिंहदरवार र नारायणहिटी दरवार क्षेत्रमा दृष्टिविहीनका लागि सडक पेटीमा ‘ट्याकटाइल’को व्यवस्था गरिएको छ । सबै सार्वजनिक सडक अपाङ्गता भएका व्यक्तिका लागि सहज र समान आवागमनका लागि पहुँचयुक्त बनाउनुपर्ने निर्दे्शिकामा उल्लेख छ । अपाङ्गतामैत्री पर्यटकीय भौतिक संरचनामा संभवतः चन्द्रागिरि केबुलकार पहिलो हो । बैँकहरूमा सबैभन्दा पहिला सनराइज बैँकले यसलाई पछ्यायो । त्यसपछि लगतै प्रभु बैँक, सिटिजन्स इन्भेस्टमेन्टलगायत अन्य वैँकले अपाङ्मैत्री संरचना बनाउन केही प्रयास गरेका हुन् ।  नाङ्लो बेकरी क्याफे नयाँ बानेश्वर, नाङ्लो बेकरी धरहरा लगायत केही होटल तथा क्याफेहरूले अपाङ्गतामैत्री संरचना निर्माण गर्नुका साथै त्यहाँ कर्मचारी सबै अपाङ्गता भएका व्यक्तिहरु छन् । राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष सुदर्शन सुवेदीले अपाङ्गतामैत्री संरचना निर्माणका लागि केही पहलकदमी लिन शुरू भएको बताउनुभयो । अब नयाँ बन्ने सबै भवनहरू अपाङ्गतामैत्री हुन जरूरी भएको उहाँ औँल्याउनुहुन्छ । काठमाडौँ महानगरपालिका क्षेत्राधिकारभित्र रहेका भौतिक संरचनालाइ अपाङ्गता भएका व्यक्ति लगायत सबैका लागि मैत्रीपूर्ण बनाउने उद्देश्यका साथ महानगरपालिका र राष्ट्रिय अपाङ्ग महासंघ नेपालबीच २०७३ सालमा एक सम्झौता भएको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले महानगरपालिकाभित्र निर्माण भइरहेका पार्क वा अन्य भौतिक संरचना अपाङ्गतामैत्री रहेको जानकारी दिनुभयो । महानगरपालिकाले कुनै पनि संस्थागत भवनको नक्शा स्वीकृत गर्दा अपाङ्गतामैत्री हुनुपर्ने अनिवार्य गरेको छ । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय, अपाङ्ग अधिकार प्रवद्र्धन शाखाका प्रमुख केशव भट्टराईले केही मन्त्रालय अपाङ्गमैत्री भएको र अन्य मन्त्रालयको भवनलाई पनि नेपाल सरकारको नीति अनुसार अपाङ्मैत्री बनाउन महिला मन्त्रालयले पहल गरिरहेको जानकारी दिनुभयो । भवन निर्माण संहितामा पनि भवन अपाङ्गमैत्री बनाइनुपर्ने उल्लेख छ । पत्रकार बढाथोकीले भन्नुभयो – “हँुदै नहुनुभन्दा सीमित मात्रामै भए पनि अपाङ्गमैत्री भौतिक संरचना बनाउने काम शुरू भएको छ, यो राम्रो कुरा हो । अब पनि नबनाउनेहरूमाथि कानून अनुसार कारवाही गरिनुपर्छ ।” अपाङ्गता अधिकारकर्मीहरूको पहलमा ललितपुर महानगरपालिकाले जावलाखेल क्षेत्रमा अपाङ्मैत्री सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ । भर्खरै लागू भएको अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन–२०७४ मा पनि भवन निर्माण गर्दा अपाङ्गमैत्री हुनुपर्ने भनिएको छ । नेपालको पछिल्लो जनगणना २०६८ अनुसार अपाङ्गता भएका व्यक्तिको हिस्सा कूल जनसंख्याको १ दशमलव ९४ प्रतिशत अर्थात पाँच लाख १३ हजार ३ सय २१ जना रहेका छन् । यसमा शारीरिक अपाङ्गता भएका व्यक्ति ३६ दशमलव ६ प्रतिशत, दृष्टिविहीन १६ दशमलव ५ प्रतिशत र सुन्नमा समस्या भएका १५ दशमलव ४ प्रतिशत रहेका छन् । त्यसैगरी, बोलाइसम्बन्धी अपाङ्गता भएका व्यक्ति ११ दशमलव ५, श्रवण दृष्टिविहीनसम्बन्धी १ दशमलव ८, मानसिक अपाङ्गता ६, बौद्धिक अपाङ्गता २ दशमलव ९ र बहुअपाङ्गता भएका ७ दशमलव ५ प्रतिशत रहेका छन् । पछिल्लो समय अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना निर्माण गर्न केहि प्रयासहरु भएका छन् जुन आफैंमा सकारात्मक छ । तर पनि निर्दे्शिका जारी भएको ६ वर्ष हुँदा समेत सवै प्रकारका अपाङ्गता भएका व्यक्तिका आवश्यकताहरुलाई संबोधन गर्नेगरी भने सार्वजनिक शौचालय, बसपार्क र यातायात सेवा र सूचना तथा संचार प्रणलीहरु पहुँचयुक्त बन्नसकेका छैनन् । अब बनाइने संरचना अपाङ्गमैत्री हुनुपर्नेमा दुईमत छैन तर यसका लागि विद्यमान कानूनको प्रभावकारी परिपालनासँगै नागरिक समाजको सोचमै परिर्वतन हुनुपनि त्यतिकै जरुरी छ । रासस

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News