Saturday June 23, 2018 | |

विश्वकपको बहार : जर्सीको व्यापार

featured-news

काठमाडौं । खेलप्रेमीहरुका लागि बहुप्रतिक्षित विश्वकप फुटबल सुरु हुनै लाग्दा बजारमा विभिन्न देशका खेलाडीहरुका रंगीचंगी जर्सीको मेला नै लागेको देखिन्छ । बजारका फेन्सी पसलहरुतिर व्यापारीहरुलाई जर्सी बेच्दै भ्याइ नभ्याइ छ भने ग्राहकहरु पनि बडो रुचिका साथ जर्सी किनिरहेका भेटिन्छन् ।


काठमाडौंको बजारमा सबैभन्दा बढी अर्जेन्टिनाको जर्सी बिक्रि भैरहेको व्यापारीहरु बताउँछन् । त्यसैगरि ब्राजिल, फ्रान्स, जर्मनी, पोर्चुगल आदि देशका जर्सी पनि राम्रै बिक्री भैरहेको न्यूरोडका एक व्यापारीले आजको न्यूजलाई बताए ।


अर्जेन्टिनाको जर्सी किन्दै गरेका कोटेश्वरका जनक अधिकारीले भने – ‘मलाई अर्जेन्टिना देशभन्दा पनि मेस्सी मन परेका कारण यो जर्सी किन्दैछु । आशा छ, यसपटक पनि मेस्सीले मलाई निराश बनाउने छैनन् ।’


पहिलेपहिले यूवाहरुले मात्र जर्सी लगाउने गरेको भएपनि यसपटक बालबालिकालाई पनि जर्सी मोहले छोएको छ । आफ्नो १० बर्षे छोराको लागि जर्सी किन्दै एक ग्राहक भन्छन् – ‘केटाकेटीलाई पनि रहर त लागिहाल्छ । जर्सी चाहियो कि चाहियो भनेर अति दुःख दियो । नकिनी सुखै भएन ।’

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement