Thursday January 17, 2019 | |

संसारकै धनी जेफ बेजोसले गरे पत्नीसँग सम्बन्ध विच्छेद

featured-news

वासिंगटन । अमेजन कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेफ बेजोसले पत्नी म्याकेन्जी बेजोससँग सम्बन्ध विच्छेद गर्ने भएका छन् । उनीहरुको विवाह भएको २५ वर्षपछि सम्बन्ध विच्छेद हुन लागेको हो । सम्बन्ध विच्छेदका विषयमा दुवैले एउटा साझा वक्तव्य जारी गरेका छन् ।


जनमा भनिएको छ, ‘लामो समयसम्म एकअर्काबीचको प्रेम र केही समय टाढा बसेको अनुभव गरेपछि हामीले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छौं । हामी दुवै राम्रो साथीका रुपमा रहनेछौं ।’


हालै अमेजन कम्पनीले एक महत्वपूर्ण उपलब्धी हासिल गर्दै माइक्रोसफ्टलाई पछि पारेर संसारकै सबैभन्दा धनी कम्पनी बनेको थियो ।
५४ वर्षीया जेफले २५ वर्षअघि अमेजन कम्पनीको सुरुवात गरेका थिए । ब्लुमबर्गमा सबैभन्दा धनी व्यक्तिको सूचीमा पनि जेफ सबैभन्दा माथि छन् । उनीसँग कुल १३७ बिलियन डलरको सम्पत्ति छ ।


जेफकी पत्नी ४८ वर्षीया म्याकेन्जी एक साहित्यकार हुन् । उनले दुई वटा किताब लेखेकी छन् । जसमा सन् २००५ मा आएको ‘द टेस्टिंग अफ लुथर’ र सन् २०१३ मा ‘ट्रैप्स’ रहेका छन् ।


संयुक्त वक्तव्यमा उनीहरुले लेखेका छन्, ‘हामी एक अर्काको साथ पाएकोमा धेरै भाग्यशाली ठान्दछौं । विवाह पछि हामीले यति लामो समयसँगै बितायौं, जसका लागि एक अर्कालाई हृदयदेखि नै आभार प्रकट गर्दछौं ।’


‘हामीले सँगै धेरै राम्रो जीवन बितायौं । हामीले विवाहित जोडीका रुपमा आफ्नो भविष्यको सपना सजायौं, हामीले राम्रो आमाबाबु, साथी र दोस्तीका रुपमा आफ्नो भूमिका निभायौं । केही परियोजनामा सँगै काम पनि ग¥यौं, धेरै रमाइलो भयो ।’


‘अब भलै हाम्रो सम्बन्धको नाम परिवर्तन हुनेछ, तर फेरि पनि हामी एक परिवारका रुपमा रहनेछौं । हामी एकअर्काको धेरै राम्रो साथी भएर रहँनेछौं ।
गत वर्ष यो जोडीले एउटा परोपकारी कार्यक्रम सुरुवात गरेका थिए । जसको नाम ‘द डे वान’ थियो । यो कार्यक्रमको उद्देश्य घरबिहीन परिवारको सहयोग गर्नु र गरिब बच्चाका लागि विद्यालय निर्माण गर्ने थियो ।


जेफ र म्याकेन्जीका तीन छोरा र एक धर्मछोरी गरी चार सन्तान छन् । सन् २०१३ मा म्याकेन्जीले वोग पत्रिकालाई जेफसँग आफ्नो पहिलो कुराकानी एउटा जागिरका लागि भएको अन्तर्वार्ताका क्रममा भएको बताइकी थिइन् । जेफ त्यसबेला अन्तर्वार्ता लिइरहेका थिए ।


तीन महिनासम्म सँगै बसेपछि उनीहरुले सन् १९९३ मा विवाह गरेका थिए । त्यसको एक वर्षपछि जेफले अमेजन कम्पनीको सुरुवात गरेका थिए । त्यस बेला अमेजनले किताबमात्रै बेच्ने गर्दथ्यो । विस्तारै यो कम्पनी विस्तार भयो र संसारकै सबैभन्दा ठूलो इ–कमर्स कम्पनी बन्यो ।

यसै साताको सोमबार अमेरिकी शेयर बजार बन्द हुँदा अमेजनको मूल्य ७९७ बिलियन डलर र माइक्रोसफ्टको मूल्य ७८९ बिलियन डलर थियो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement