Saturday October 20, 2018 | |

बिहिबार नै एमाले र माओबादी एकता हुन सक्ने

featured-news


काठमाडौं। लामो समयको अन्योल पछि नेकपा एमाले र माओवादी केन्द्र विच जेठको पहिलो सातामा नै एकता हुने लगभग टुंगो लागेको छ । बुधबार प्रधानमन्त्री एबं एमाले अध्यक्ष केपी शर्मा ओली तथा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डविच भेटवार्ता भएको थियो । एमालेले बिहिबार केन्द्रिय समितीको बैठक समेत डाकेको छ । माओवादी केन्द्र पनि एकताका विषयमा आन्तरिक छलफलमा जुटेको छ ।
माओबादी निकट श्रोतले जनाए अनुसार बिहिबार दिवंगत मदन भण्डारीको स्मृतीमा हुेन कार्यक्रममा माओबादी केन्द्रका नेता पनि पुग्ने छन् । त्यसको लगत्तै एकता संयोजन समितिको बैठक बसेर पार्टी एक भएको घोषणा पनि हुन सक्ने छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement