Wednesday September 19, 2018 | |

जडबुटी प्रशोधन केन्द्र धमाधम बन्द हुँदै

featured-news

नवलपुर । नवलपरासी जिल्लाको विभिन्न स्थानमा खुलेका जडीबुटी प्रशोधन केन्द्र धमाधम बन्द हुँदै गएका छन् । प्रशोधन केन्द्र खुलेपछि आय–आर्जनको समेत बाटो खुल्यो भनेर उत्साहित भएका स्थानीय अहिले निराश बनेका छन् ।

स्थानीय सामुदायिक वनमा जडीबुटी लगाएर प्रशोधन गर्न स्थापना गरिएका उद्योगका मेसिनमा अहिले खिया लागेको छ । चौधरी बायोसिस नामक संस्थाले उत्पादन भएको जडीबुटीको तेल किन्ने सहमतिमा उद्योगहरुको स्थापना गरिएको थियो । सामुदायिक वनका उपभोक्ताहरुले पाल्मोरोजा, लेमनग्रा, तुलसी, बामरी लगाएतका जडीबुटीको खेती गरेका थिए । जडीबुटीको उचित मूल्य दिन नसकेपछि प्रशोधन केन्द बन्द हुँदै गएको स्थानीय जमानसिहं थापाले जानकारी दिनुभयो । जिल्लाको कावासोती टरुवा , मगरकोट , दुम्किबासमा रहेका जडीबुटी प्रशोधन केन्द्र समेत अहिले बन्दभएका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement