Saturday July 21, 2018 | |

सिण्डिकेटले समृद्ध नेपाल बनाउन सकिदैन : गृहमन्त्री

featured-news

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सिण्डिकेट र कार्टेलिङले समृद्ध नेपाल बनाउन नसकिने बताएका छन् ।


बुधबार नयाँ बसपार्कमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले मुलुक समृद्धिको दिशामा अगाडि बढिरहेको सन्दर्भमा यातायात क्षेत्रमा पनि सुव्यवस्था हुनुपर्नेमा जोड दिए । उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रमा पनि आमूल परिवर्तनको खाँचो औंल्याए ।


उनले विगतमा अपनाएको व्यवस्था सिण्डिकेट भएकाले त्यसबाट अब मुक्त हुन र समृद्धिका लागि विधि र प्रणालीमा गुणात्मक परिवर्तन हुनुपर्नेमा जोड दिदै यातायात व्यवसायीहरुलाई यसमा साथ दिन आग्रह गरे ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News