Friday November 16, 2018 | |

निर्मला हत्या प्रकरणबारे छिट्टै सत्यतथ्य बाहिर आउँछ : गृहमन्त्री

featured-news

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा बादलले कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको बारेमा अनुसन्धान भइरहेको र छिट्टै नैं सत्यतथ्य बाहिर आउने बताएका छन् ।


शुक्रबार राष्ट्रिय सभामा सांसदहरुको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले भने, ‘दीलिप विष्ट नै दोषी हो भनेर मैले भनेको छैन । अहिले संदिग्ध व्यक्तिको छानविन गर्ने क्रम जारी छ । विष्ट देखिएनन्, अरुमाथि छानबिन जारी छ ।’


उनले पत्रकार राजु बस्नेत कानुनअनुसार नै पक्राउ परेका बताएका छन् । उजुरी परेपछि उनलाई पक्राउ गरिएको र सम्बन्धित निकायले कानूनबमोजिम नैं कदम चालेको हुँदा यसले प्रेस स्वतन्त्रता हनन नभएको समेत उनले बताए ।


यस्तै, गृहमन्त्री थापाले बर्दियामा प्रहरीको हिरासतमा रहेका राममनोहर यादवको स्वभाविक मृत्यु भएको बताएका छन् । उनले यादवमाथि बर्दिया अदालतबाट ७ दिनको म्याद थप भएपछि हिरासतमा लिएको र उनको रोगको कारणबाट स्वभाविक मृत्यु भएको बताए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement