Tuesday August 21, 2018 | |

नेकपाको केन्द्रीय कार्यालय धुम्बाराही हुने निर्णय, पेरिसडाँडामा जनवर्गीय संगठन

featured-news

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा हुने भएको छ । बिहिबार बसेको पार्टी हेडक्वार्टर बैठकले उक्त निर्णय गरेको हो । बैठकले पेरिसडाँडामा जनवर्गीय संगठनका केन्द्रीय कार्यालयहरु, विभाग र अन्य आवश्यक कार्यालयहरु रहने निर्णय गरेको छ ।


नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण भई नेकपा निर्माण हुनुअघि धुम्बराहीमा एमाले र पेरिसडाँडामा माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको थियो ।


त्यस्तै, बैठकले विभन्नि विनियम, निर्देशिका तथा आचारसंहिता निर्माण गर्नका लागि कार्यदल निर्माण गर्ने निर्णय समेत गरेको छ । कार्यदलमा सुवास नेम्वाङ, भीम रावल, हरिबोल गजुरेल, पम्फा भुसाल, जनार्दन शर्मा र बेदुराम भुसाल रहेका छन् । यसअघि पार्टी एकतालगत्तै विधान र नियमावली पारित भैसकेको छ ।


बैठकले प्रादेशिक सांसद र सभाका सदस्यहरुलाई जिल्ला पार्टी वा त्योभन्दा तलको कुनै पनि कमिटीको अध्यक्ष र सचिवको जिम्मेवारी नदिने, साउन मसान्तभित्र राजनीतिक प्रतिवेदन प्रकाशित गरिसक्ने, भदौ ७ र ८ गते स्थायी कमिटीको बैठक बस्ने निर्णय समेत गरेको छ ।


यस्तै, बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नारायणकाजी श्रेष्ठ नेतृत्वको टोलीलाई सेप्टेम्बर १२ देखि १९ सम्म चीन भ्रमणमा पठाउने निर्णय समेत गरेको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News