Saturday February 24, 2018 | |

८ वर्षपछि रंगीन दुनियाँमा अाउन खोस्दै सुस्मिता सेन

featured-news

मुम्बई । सन् २०१० को हिन्दी चलचित्र ‘नो प्रोब्लम’ मा देखिएकी मिस युनिभर्स सुस्मिता पछिल्लो डेढ वर्षदेखि राम्रो पटकथाको खोजीमा छिन् ।

बलिउडको एक पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले आफू विगत डेढ वर्षदेखि राम्रो पटकथाको खोजीमा भएको बताइन् । ‘मलाई लाग्छ, जिन्दगीको ६ महिना फिल्मका लागि छुट्याउन तयार छु तर यसको अर्थ यो होइन कि, मेरा लागि राम्रो पटकथा पनि तयार छ’, उनले भनिन्, ‘मलाई स्टार बन्नु थिएन, बरु दर्शकसँग जोडिइराख्नु थियो ।’

उनले आफू दर्शकसँग जोडिने बाटोको खोजी गरेको बताइन् । आफ्नो महत्वाकांक्षा फिल्म स्टार नभएको तर दर्शकको मन छुने भएको उनले बताइन् । ‘खुुशी छु, भगवानले मलाई अभिनेत्री बन्ने मौका दिए ।’ उनले भनिन् ।

यस बीचमा उनले बंगाली फिल्ममा पनि अभिनय गरेकी थिइन् तर बलिउडमा भने अहिले उनको ग्याप देखिएको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement