१८ भदौ, काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो ठूलो चाड बकर इद अर्थात इद उल अज्हा आज मनाइदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर इद मनाउने चलन रहेको छ । आज इस्लाम धर्मावलम्बीहरू बिहानै सफा भइ नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । त्यसपछि आपसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । ईदको अवसरमा काठमाडौंको दरबारमार्गमा रहेको नेपाली जामे मस्जिद, काश्मीरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बी भेला भएका छन् । तीन दिनसम्म मनाइने यो पर्वमा खसी भेडा राँगा लगायतको बली दिएर मासुलाई तीन भाग लगाई एक भाग आफूलाई, एकभाग आफन्तलाई र बाँकी रहेको एक भाग दिनदुखीलाई दिने गरिन्छ । बकर इदको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४ १९:१६