Sunday December 16, 2018 | |

इन्डोनेसियन लिगको ‘बेस्ट प्लेअर अवार्ड’ को लागि छानिए रोहित चन्द

featured-news

काठमाडौं । इन्डोनेसियाको शीर्ष श्रेणीको फुटबल लिग ‘गो जेक लिग वान–२०१८’ को उत्कृष्ट खेलाडीको अवार्डका लागि नेपाली फुटबलर रोहित चन्द छानिएका छन् ।


लिग वान को टेक्निकल स्टडी ग्रुपले रोहितलाई उक्त अवार्डका लागि मनोनित गरेको हो । अवार्डका लागि रोहितसँगै पर्सिजा जाकार्ताबाट खेल्ने अन्य दुइजर्ना खेलाडी पनि मनोनित भएका छन् ।


रोहितले यस सिजन पर्सिजाको लागि ३० खेल खेल्दा ३ गोल गर्नुका साथै दुई असिस्ट गरेका थिए ।


लिगमा सबै टिमले एक/एक खेल खेल्न बाँकी रहँदा रोहितको टिम ५९ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement