Saturday July 21, 2018 | |

अमेरिकामा कन्दरा ब्याण्डको बेजोड प्रस्तुति

featured-news

वासिङ्टन । नेपालको चर्चित सांगितिक ब्याण्ड ‘कन्दरा’ यतिबेला अमेरिकामा छ । नेप्लिज अमेरिकन कन्भेन्सन (सम्मेलन) का लागि अमेरिका पुगेको कन्दराले सो सम्मेलन समापन भएपछि विभिन्न स्थानमा कार्यक्रम प्रस्तुत गरिरहेको छ ।


कन्दराले आफ्नो सांगितिक प्रस्तुतिको पहिलो दिन वासिङ्टन डीसीमा सोमबार पहिलो प्रस्तुति पस्केको छ । यससँगै उक्त ब्याण्डले टेक्सस, क्यालिफोर्निया आदि राज्यहरुमा पनि कार्यक्रम गर्ने जनाएको छ ।


डीसीमा भएको कार्यक्रममा ब्याण्डले बहुचर्चित गीतहरु ‘लेककी हे माया’, ‘हङकङ पोखरा’, ‘तिमी पारी’, ‘तगारोमा रुमाल राखी’, ‘चञ्चले कान्छी’ आदि पस्कँदा दर्शकहरुमा उत्साह थपिएको थियो ।


कन्दराले आफ्ना रोमान्टिक गीतहरु प्रस्तुत गर्नुको साथै नृत्य शैलीका ‘भन सोल्टी बारम्बार’, ‘साचो प्रिती लाएकै थिएँ’, ‘रेशम फिरिरी’ गीत गाएर दर्शकलाई नचाएको थियो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News