Friday November 16, 2018 | |

चलचित्र ‘जात्रै जात्रा’ बन्दै, वर्षा र विपिनको अभिनय रहने

featured-news

काठमाडौं । चलचित्र ‘जात्रै जात्रा’ को बिहीबार राजधानीमा एक कार्यक्रमका बिच घोषणा गरिएको छ ।


प्रदीप भट्टराईको निर्देशन रहने चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहनेछ ।


कार्यकारी निर्मात रविन्द्रसिंह बानिया, निर्माता सिंगे लामा र यादव पौडेल रहेको चलचित्रको छायाँकनमा शिवराम श्रेष्ठ, सम्पादनमा मित्र डी गुरुङ रहनेछन् ।


दशैको पूर्णिमाको भोलिपल्टबाट छायाँकन सुरु हुने बताइएको चलचित्रको लेखन निर्देशक प्रदीपले नै गरेका हुन् । ३५ दिनको छायाँकन सेडुल रहेको चलचित्रको १७ फागुनमा रिलिज मिति तोकिएको निर्माण पक्षले जनाएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement