Wednesday September 19, 2018 | |

प्रिसीयसको वक्तित्वकला सम्पन्न श्यामबाबु भए प्रथम

featured-news

काठमाडौं । प्रिसीयस नेसनल एकेडेमी मावि मा वक्तित्व कला कार्यक्रम सम्पन्न भएको छ ।


विद्यालयले साप्ताहिक रुपमा आयोजना गर्ने अतिरिक्त कार्यक्रम अन्तर्गत यो साता वक्तित्वकला प्रतियोगीता कार्यक्रम आयोजना गरिएको हो । विद्यालयका प्राचार्य गोपिराज पराजुलिका अनुसार विध्यार्थीलाई उनीहरुको व्यक्तित्व विकाशमा टेवा पुर्याउने उद्देश्यले विध्यालयले यस्ता अतिरिक्त क्रीयाकलाप आयोजना गर्ने गरिएको जानकारी  दिएका छ्न ।


यो साता सम्पन्न कार्यक्रममा बिद्यालयका ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीले भाग लिएका थिए । म्हैपिमा रहेको उक्त बिद्यालयमा सम्पन्न कार्यक्रममा कक्षा १२ का विद्यार्थी श्यामबाबु थपालिया प्रथम भएका थिए ।

यस्तै द्धितीय आस्था वस्नेत कक्षा ११, तृतिय जुलेन वस्नेत र सविना अगस्ती तथा निशा न्यौपाने कक्षा १२ ले सान्तवना स्थान ग्रहण गरेको प्राचार्य पराजुलीले जनाएका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement