Friday August 17, 2018 | |

प्रधानमन्त्री ओलीको चीन भ्रमण असार ५ गते

featured-news

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी असार ५ गते चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा प्रधानमन्त्री त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्रीको भ्रमण दलमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, सांसदहरु, नेपाल सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहने छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने, केही सहमति र समझदारीपत्रमा हस्ताक्षर गर्ने, चीनका वरिष्ठ नेताहरुसँग भेटवार्ता गर्ने, नेपाल–चीन व्यापारिक मञ्च तथा विद्वत समूहलाई बेइजिङमा सम्बोधन गर्ने तथा चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
चीन भ्रमणबाट प्रधानमन्त्री असार १० गते स्वदेश फर्कनेछन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News