Sunday December 16, 2018 | |

यूएईले फेरि १ महिना थप्यो आममाफीको अवधि

featured-news

युएई । युएई सरकारले आफ्नो देशमा रहेका अवैधानिक कामदारलाई वैध बन्न दिएकोे आममाफी योजनाको अवधि फेरि एक महिना अर्थात जनवरी २ तारिखसम्मका लागि थप गरेको छ ।


युएईले सुरुमा दिएको ३ महिनाको म्याद अक्टोबर ३० मा सकिएपछि १ महिना म्याद थपेको थियो । यसपटक युएईको राष्ट्रिय दिवसका अवसरमा पुनः १ महिना म्याद थप गरेको जनाइएको छ ।


आममाफी योजना अवधि लागु भएयता १ हजार भन्दा बढि नेपाली घर फर्किसकेका छन् ।


युएई सरकारले अवैधानिक बसोवास गरिरहेका नेपालीसहित अन्य मुलुकका कामदारलाई वैधानिक बन्न अथवा आवश्यक कानुनी प्रकृया पुरा गरी मुलुक र्फकन यस्तो योजना ल्याएको हो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement