Sunday December 16, 2018 | |

लुम्बिनीमा मनाइयो जलरंग महोत्सव

featured-news

प्रतिक पौडेल, लुम्बिनी । विभिन्न देशका करिब ४० जना चित्रकारको सहभागितामा बिहीबार लुम्बिनीमा जलरंग महोत्सव आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय जलरंग समाजको आयोजनामा दोस्रो अन्तराष्ट्रिय जलरङ्ग महोत्सवअन्तर्गत आज लुम्बिनीमा आयोजना गरिएको हो ।


काठमाडौंमा मंसिर १७ देखि शुरु भएको महोत्सव २३ गतेसम्म चल्नेछ । पहिलो पटक लुम्बिनीमा गरिएको कार्यक्रममा बुधवार दिनभर लुम्बिनीको साईड सिन हेरेको टोलीले बिहीबार लुम्बिनीका महत्वपूर्ण पुरातात्विक क्षेत्रहरुको पेन्टिङ्ग गरेको थियो ।


काठमाडौ र लुम्बिनीमा बनाइएका चित्रहरु काठमाडौमा प्रर्दशन गरिने कार्यक्रम रहेको छ । लुम्बिनीमा रहेका पुरातात्विक महत्वका बिषयबस्तुहरुलाई प्रचार प्रसार गरी अन्तराष्ट्र्रिय जगतमा पहिचान गराउने उदेश्य सहित लुम्बिनीमा जलरंग महोत्सव गरेकोसमाजका अध्यक्ष एन बि गुरुङ्गले बताए ।


नेपालमा पहिलो अन्तराष्ट्रिय जलरंग महोत्सव तीन वर्षअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा ३९ मुलुकका चित्रकार भेला भएर शुरु भएको थियो ।


वाल पेन्टीङ्ग, ओएलपेन्टीङ्ग जस्तै पानीको रङ्ग प्रयोग गरी बनाईने चित्रकला नै जलरङ्ग हो । लुम्बिनी र काठमाण्डौमा आयोजना भएको जलरङ्ग महोत्सवमा अमेरिका, चीन, मंगोलिया, न्युजिल्याण्ड, बंगलादेश, भारत, बेलायत र नेपालका २ सय ६५ चित्रकारको सहभागिता यसपटकको जलरंग महोत्सवमा रहेको छ ।


लुम्बिनीमा गरिएको जलरङ्ग महोत्सवमा करिब २५ लाख खर्च भएको आयोजकले अनुमान गरेका छन् । लुम्बिनी बिकास कोष, पर्यटन बोर्ड, बिभिन्न संघसंस्थाहरुको सहयोगमा कार्यक्रम आयोजना भएको थियो ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement