Saturday February 24, 2018 | |

रोवर्टले उद्घाटन गर्दै सुरु भयो चितवनमा तेस्रो क्यान इन्फोटेक

featured-news

चितवन । सूचना प्रविधिको क्षेत्रमा विकास भएका नयाँ प्रविधिबारे जानकारी गराउने उद्देश्यले तेस्रो डिजीकम ‘क्यान इन्फोटेक मेला बिहिबार देखी भरतपुरमा सुरु भएको छ । कम्युटर एशोसियन नेपाल महासंघ (क्यान),चितवनको आयोजनामा भरतपुरको औधोगिक प्रदर्शनी केन्द्रमा सुरु भएको तेस्रो संस्करणको क्यान इन्फोटेक मेला २९ गतेसम्म चल्नेछ ।

मेलाको रोवटद्धारा उद्घाटन गरिएको छ । विभिन्न सूचना तथा सञ्चार प्रविधि सम्बन्धित कम्पनीको सहभागिता रहेको मेलामा ८० कक्ष रहेका छन् । मेलाको उद्घाटन समारोहमा सम्वोधन गर्दै चितवन क्षेत्र नं. २ का प्रतिनिधिसभा सांसद कृष्णभक्त पोखरेलले राज्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आधुनिक प्रविधिको उच्चतम प्रयोग गरिनुपर्नेमा जोड दिए ।

राज्य प्रणालीलाई आधुनिकीकरण गर्न जरुरी छ, परम्परागत कार्य प्रणालीलाई आधुनिक बनाई सेवा प्रणालीलाई सुलभ र छरितो बनाउन प्रविधिको अपरिहार्य भइसकेको छ”–उनले भने । सांसद पोखरेलले चितवनको प्रविधिको विकासमा मेला महत्वपूर्ण हुने वताए । उनले मेलाको अवलोकन गरेर नयाँ प्रविधिबारे जानकारी लिन सवैलाई अनुरोध गरे ।

कम्प्यूटर एसोसियसन नेपालका अध्यक्ष हेमन्तकुमार चौरेसीयाले सूचना प्रविधि क्षेत्रको विकासका राज्यको ध्यान जानुपर्नेमा जोड दिए ।मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन् ।

मेलामा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, कन्सलटेन्सी र अन्य स्टल रहेका छन् । मेलाको प्रमुख आकर्षणमा विभिन्न प्रविधि प्रर्दशनी रहेका छन् । यस्तै इन्टर कलेज क्वीज प्रतियोगिता,अनुभव आदन प्रदान कार्यक्रम,सामाजिक संजाल र व्यापार सम्वन्धी गोष्ठी समेत मेलामा आयोजना गरिएको छ ।

मेलामा चितवनका १० कलेजका विद्यार्थीहरुले स्मार्ट सिटी सम्वन्धी नयाँ–नयाँ प्रविधिहरु प्रस्तुत गर्ने छन् । जसवाट घर,सडक,सिकाई प्रणाली र बजारलाई सूचना प्रविधिको माध्यामवाट स्मार्ट सिटी कसरी बनाउन सकिन्छ,भन्ने कुरा प्रत्यक्ष देख्न र सिक्न सकिने मेला मूल व्यवस्थापन समिति संयोजक एवंम संघका शाखा अध्यक्ष भानु शर्माले जानकारी दिनुभयो ।

यसपटकको क्यान इन्फोटेक मेला ल्यापटप र पेनड्राइभ किन्ने मेला मात्रै नभई प्रविधि हेर्ने र नयाँ कुरा सिक्नेखालको हुने शर्माले बताउनुभयो । प्रविधिमा रुचि राख्ने सवैले मेलाको अवलोकन गर्नुपर्ने शर्माको भनाई छ । मेलाले सूचना प्रविधिको समुन्नत विकासमा सहयोग पुर्याउने उहाँले वताउनुभयो ।

मेलामा सनराइज बैंकले टिकट लिई प्रवेश गर्ने दर्शक तथा क्रेतालाई ४०० प्रतिशतसम्म क्यास ब्याक अफर प्रदान गर्ने भएको छ । सरकारी विद्यालयबाट मेलाका लागि अवलोकन गर्न आउने विद्यार्थीलाई विद्यालयको पत्रका आधारमा निःशुल्क प्रवेश गर्ने व्यवस्था गरिएको शर्माले वताउनुभयो । उहाँले सूचना र सञ्चार प्रविधिलाई पूर्वाधारका रुपमा विकास गर्न अनुभव साटासाट गरिने बताउनुभयो ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement