Thursday January 17, 2019 | |

नेपाल आइडलको फाइनल आज, को बन्ला आइडल ?

featured-news

काठमाडौं । नेपालको चर्चित गायन कार्यक्रम नेपाल आइडलको दोस्रो संस्करणको फाइनल आज हुँदैछ । ग्रान्ड फिनालेको यो अन्तिम प्रतिस्पर्धासँगै दोस्रो नेपाल आइडल चुनिनेछन् ।

 

देशका विभिन्न सहरमा भएका अडिसनहरूबाट छानिएका सयौं प्रतिस्पर्धीलाई पछि पार्दै नेपाल आइडलको अन्तिम चारमा अस्मिता अधिकारी, विक्रम बराल, रवि ओड र सुमित पाठक छानिएका छन् ।

 

नेपाल आइडलको दोस्रो संस्करण विजेताले २० लाख रुपैयाँ, एउटा होन्डा डब्लूआर–भी कार, एल्बमको सम्झौता र विश्वभ्रमण अथवा ५० लाख रुपैयाँ नगद, एउटा एल्बमको सम्झौता र विश्व भ्रमणमध्ये एक छनोट गर्न पाउनेछन् ।

 

साउन २४ गतेबाट सुरु भएको नेपाल आइडलको दोस्रो संस्करणमा पनि निर्णायकको भूमिकामा न्ह्यू वज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा छन् । यसअघि नेपालल आइडलको पहिलो संस्करणमा बुद्ध लामा विजेता बनेका थिए ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement