Sunday August 20, 2017 | |

विज्ञताका कथा सार्वजनिक

featured-news

काठमाडौँ । बाल साहित्यकार विज्ञता कार्कीको कथा संग्रह ‘विज्ञताज् स्टोरिज’ मंगबालर सार्वजनिक गरिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष डा महेन्द्र विष्ट र नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा जीवेन्द्रदेव गिरीले पुस्तकको विमोचन गरे । वक्ताहरुले कलिलो उमेरदेखि साहित्य र सिर्जनामा लागेकी कार्कीले अंग्रेजी भाषामा पुस्तक ल्याउन सकेकामा प्रशंसा गरे । विज्ञताको १६औँ जन्मदिनका अवसरमा तरेली साहित्यिक प्रतिष्ठानले सो पुस्तक विमोचन आयोजना गरेको हो । पुस्तकमा सात वटा कथा छन् । हाल एम्बिसन एकेडेमीमा कक्षा १० मा अध्ययनरत विज्ञता साहित्यकारद्वय विनोद मञ्जन र गायत्री विष्टकी छोरी हुन् । उनको यसअघि ‘चित्रभित्र लुकेका शब्द’ र चित्र उपन्यास ‘यात्री’ प्रकाशित छन् ।

20689775_1763109183729230_8538793519301305606_o

कार्यक्रममा तरेली सम्मान बालचन्द्र श्रेष्ठ ‘प्रवाह’ लाई प्रदान गरियो भने ‘मसी सिर्जना पुरस्कार’ पत्रकार महेश थापा र ‘मसी सिर्जना आमा सम्मान’ साहित्यकार सुशीला प्रधानाङ्गलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु १० हजार छ । कार्यक्रममा वक्ताहरू प्रा डा जीवेन्द्र देव गिरी, डा.रामप्रसाद ज्ञवाली, स्रष्टा माया ठकुरी, सुलोचना मानन्धर, विनोद मञ्जन, देवी घिमिरे, सुमन खरेल, गायत्री विष्ट, डा निर्मला सुवालले मन्तव्य व्यक्त गरे । कथाकर कर्कीले संचालन गरेको उक्त कार्यक्रमको अध्यक्षता स्रष्टा राम विनय ले गरेका थिए ।

20622048_1449321445162324_590390101588101277_n

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement