Monday December 10, 2018 | |

गायक राज चाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक

featured-news

काठमाडौं । गायक तथा निर्देशक राज चाम्लिङको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘म रुदैछु विरानो परदेशमा’ बोलको गीत सङ्ग्स नेपालले यूट्युबमार्फत सार्वजनिक गरेको हो ।


गायक राईकै शब्द, संगीत र भिडियो निर्देशन समेत रहेको गीतमा गायिका करुणा राईले साथ दिएकी छन् ।


परदेशिन बाध्य श्रीमानले गाउँमा रहेकी श्रीमतीलाई सम्झना गरेको भाव बोकेको यस गीतको भिडियोमा देबेन्द्र नेम्बाङ, दिपिका लिङ्देन र विष्णुकुमार लावतीको अभिनय रहेको छ ।


लाकुरी भञ्ज्याङ लगायत काठमाडाैं उपत्यकाको विभिन्न रमणीय स्थलहरुमा छायाँङ्कन गरिएको गायक राईले जानकारी दिए ।


म्यूजिक भिडियोको छायाँकन तथा सम्पादन देवजंग थापाले गरेका हुन् भने ड्रोनमा मेघराज मगरातीले साथ दिएका छन् । ग्रेस रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतमा जोनी योञ्जनको एरेञ्ज रहेको छ ।

 

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement