Thursday January 17, 2019 | |

भारतीय सेनामा कार्यरत दुई नेपालीको कश्मिरमा मृत्यु

featured-news

काठमाडौं । भारतको कश्मिरमा पाकिस्तानी सेनाको आक्रमणबाट भारतीय सेनामा कार्यरत दुई नेपालीको मृत्यु भएको छ ।

 

रुपन्देहीको तिलोत्तमा–९, तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापाको भारतको कुपवाडा जिल्लामा भएको आक्रमणमा मृत्यु भएको भारतीय सेनाले जनाएको छ ।

 

शुक्रबार पाकिस्तानको स्नाइपर आक्रमणमा परेका उनीहरुको श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा मृत्यु भएको हो । ४२ वर्षीय गमरबहादुर सन् १९९३ मा २÷८ गोर्खा राइफल्समा भर्ती भएका थिए । उनका पत्नी र दुई छोरा छन् ।

 

त्यस्तै, ३९ वर्षीय रमन सन् १९९६ मा भर्ती भएका थिए । रमनका सात वर्षीय एक छोरा छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement