Sunday December 16, 2018 | |

सहकारीमा धान धितो राखेर किसानलाई ऋण दिइने

featured-news

बुटवल । बुटवल उपमहानगरपालिकाले सहकारीमा धान धितो राखेर किसानहरुले ऋण दिने भएको छ ।


बिहीबार बुटवल उपमानरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र बुटवल–१४ स्थित सिम्रिक कृषि सहकारी संस्थाका अध्यक्ष गणेशबहादुर गाहाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


बुटवलको सेमलार, मोतिपुर लगायत क्षेत्रका किसानहरुले उत्पादन गरेको धान उचित भण्डार स्थानको अभाव भएको साथै धानले उचित मूल्य नपाएका कारण किसानलाई समस्या परेका बेला उपमहानगरपालिकाले यस्तो योजना ल्याएको हो ।


प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देलले धानलाई सहकारीमा धितोको रुपमा राखेर किसानले कृषि ऋण लिन सक्ने साथै धान सहकारीमा राखेमा कुनै पनि भाडा तिर्नु नपर्ने बताए । उनका अनुसार किसानको भाडा नगरपालिकाले तिरिदिनेछ । जसको लागि नगरपालिकाले २ लाख ५० हजार रुपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो ।


किसाले यसरी भण्डारण गरेको धानलाई धितोको रुपमा सहकारीले स्वीकार गरी ऋणसमेत प्रदान गर्ने र ऋण चुक्ता गरेपछि किसानले आफ्नो धान बिक्री गर्न पाउने सहमति भएको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement