Sunday August 20, 2017 | |

अमेरिका–उत्तरकोरिया सम्बन्धमा थप तनाव, मिसाइल आक्रमण गर्ने उत्तरको तयारी

featured-news

२६ साउन, काठमाडौँ । अमेरिका–उत्तरकोरिया सम्बन्धमा थप तनाव उत्पन्न भएको छ । उत्तर कोरियाले प्रशान्त महासागरको अमेरिकी टापु गुआममा मिसाइल आक्रमणको तयारी अन्तिम चरणमा पुगेको बताएको छ । गुआममा अगस्टको मध्यतिर चारवटा मिसाइल आक्रमण गर्ने तयारी भएको उत्तर कोरियाले दाबी गरेको छ । उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले हवासङ–१२ नामक चारवटा रकेट आक्रमणका लागि तयार रहेको बताएको छ । ती रकेट जापानको जमिन तथा समुद्री क्षेत्रमाथिबाट जाने र गुआम भन्दा ३० किलोमिटर पर समुद्रमा खस्ने केसिएनएलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । तर यो आक्रमणका लागि उत्तर कोरियाका नेता किम जोङ–उनले सहमति जनाउनु पर्नेछ । गुआममा अमेरिकी सामरिक बम वर्षक विमानको भण्डारण गरिएको छ । यसैबिच अमेरिकाले आफ्नो विनासको बाटो आफै नबनाउन उत्तर कोरियालाई चेतावनी दिएको छ । अमेरिकी रक्षा मन्त्री जिम म्याटिसले उत्तर कोरियाले पछिल्लो समय गरिरहेको गतिविधि उसकै लागि घातक हुन सक्ने भन्दै आफ्नो विनासको निम्तो आफै गरिरहेको बताउनुभएको हो ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement