Wednesday September 19, 2018 | |

मनलाई सम्झाउन खोज्दै गायिका कविता श्रेष्ठ

featured-news

चितवन । गायिका कविता श्रेष्ठ ‘सम्झाउन खोज्छु यो मन’ नामक गीति भिडियो लिएर दर्शक तथा श्रोता माझ आएकी छिन् । नयाँ वर्षलाई लक्षित गर्दै बैशाख १ गते हाइलाईट्स नेपाल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

मेलोडियस लभ सङमा गायिका कविता श्रेष्ठ र गायक ओम सुनारको आवाज रहेको छ । गायक स्वयम ओमले गीतमा संगीत भरेका छन् । गायिका श्रेष्ठ आफैले रचना गरेको गीतको भिडियो निकै रोमान्टिक बनेको छ । त्यसो त आश्चर्य जनक कुरा के छ भने स्वयम यी गायक गायिका भिडियोमा समेत देखिएका छन् । मोडलिङ आफ्नो पेशा नभएपनि यसलाई नौलो प्रयोगको रुपमा लिन सकिने ओम र कविताको भनाइ छ ।

कुलेखानी र चित्लाङमा छायांकन गरिएको भिडियोलाई गायिका कविता आफैले निर्देशन गरेकी हुन् । सिन्धुलीमा जन्मीएकी उनी डेढ वर्ष देखि संगीत क्षेत्रमा क्रियाशिल छिन् । यो अवधिमा दर्जन बढी गीतमा आवाज भरिसकेकी कविता छिट्टै ‘मन’ एल्बमका साथ आउने तयारीमा समेत छिन् । त्यसो त एक दशक देखि संगीत क्षेत्रमा लागेका ओम गायक भन्दा ज्यादा संगीतकारले चिनिन्छन् । उनले २५० भन्दा बढी गीतमा आवाज दिइसकेका छन् ।

दिव्य सुवेदीले छायांकन गरेको भिडियो दिन्सन शाहले सम्पादन गरेका हुन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement