Sunday December 16, 2018 | |

काँग्रेस सांसदलार्इ अोलीको व्यंग्यः बाहिर निस्किँदा ड्राइभरले सोध्लान अोलीलार्इ भोट किन नहालेको ?

featured-news

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले संसदको बैठकमा सांसदहरू हसाउन छाडेनन् । विभिन्न कार्यक्रममा उखान टुक्का भनेर हसाउने अोलीले संसद बैठकमा समेत त्यसैको झल्को दिए ।
अाइतबार भएको बैठकमा विश्वासको मत मागेपछि सांसदहरूले उठाएको प्रश्नको जवाफ त्यस्तै ठट्यौली पारामा दिए ।

सांसद बैठकमा बोल्दै कांग्रेस नेता गगन थापा केपी ओलीमाथि कडारुपमा प्रस्तुत भए । उनले वाम गठबन्धनको घोषणापत्र आफूले कण्ठ पारेर खबरदारी गर्ने र ओली सरकारको एक-एक हिसाब राख्ने बताए । उनले ओलीलाई तपाई एमालेको अध्यक्ष होइन, देशको प्रधानमन्त्री हो भन्दै जथाभावी नबोल्न समेत अाग्रह गरे ।

सांसदहरुले उठाएको प्रश्नको जवाफ दिन रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले सुरुमै कांग्रेस सांसद गगन थापाले उठाएको प्रश्नको जवाफ दिँए । उनले भने- ‘लोकतन्त्र मासिन्छ भन्ने कुनै साथीहरुलाई चिन्ता छ भने कुनै साथीहरुले नराख्नुभए हुन्छ । म आफैं पनि आधा शताब्दिदेखि यसैका लागि लडिराखेको छु । यसमा निश्चिन्त रहँदा हुन्छ ।’

संविधान संशोधनबारे उठेका प्रश्नहरुबारे पनि प्रधानमन्त्रीले जवाफ दिए । उनले संविधान अपरिवर्तनीय दस्तावेज होइन, दुनियाँभरि संविधान संशोधन हुन सक्छ, समयको मागअनुसार, देश र जनताको आवश्यकताका आधारमा, औचित्यका आधारमा संशोधन हुन सक्ने बताए ।

प्रधानमन्त्री ओलीले आफू एमाले वा माओवादीको मात्रै नभएर देशकै प्रधानमन्त्री भएको भन्दै पार्टीका लागि नभएर देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाए ।

जवाफकै क्रममा प्रधानमन्त्री ओलीले कांग्रेसलाई भने- ‘प्रतिपक्षले खबरदारी गरोस् ।’

कांग्रेस सांसद गगन थापाले आजैदेखि प्रधानमन्त्रीको काउण्ट डाउन सुरु भयो भनेको जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘काउण्ड डाउन त भइहाल्छ नि । आज २७४ साल फागुन २७ गते, भोलि २८ गते हुन्छ, समयको सीमा हुन्छ । ज्ञानको पनि सीमा हुन्छ । म सीमाभित्र छु । तर, इमानको कुनै सीमा हुँदैन ।’

प्रधानमन्त्री अोलीले अाँफूलार्इ भोट नहाल्ने सांसदलाई गाडीका ड्राइभरले, सुरक्षा गार्डले र घरमा खाना पकाउने मानिसले प्रश्न गर्ने समेत बताए । 'भोट नदिने सांसदलाई सबैभन्दा बढी उनीहरुकै मनले प्रश्न गर्ने र राति निद्रा बिग्रनसक्ने उनले तर्क गरे ।

प्रधानमन्त्री ओलीले भने- ‘बाहिर निस्केपछि ड्राइभरले सोध्ला, केपी ओलीलाई किन भोट नदिएको ? गार्डले सोध्ला- केपी ओलीलाई किन भोट नदिएको म्याडम ? खाना बनाउँदै गर्दा भान्सामा सोधिएला दिदी केपी ओलीलाई भोट दिनुभएन ? मलाई भोट दिनुभएन भने पनि माननीयहरुको निद्रा नबिथोलियोस् । तपाईलाई आफ्नै मनले सोध्छ ।'

प्रधानमन्त्री ओलीले अब सबै मिलेर देश बनाउने बताए । उनले भने- ‘हामी अब मिलेर जाने र देश बनाउने हो । कसले राम्रो बोल्यो, कसले तर्क दियो, केही छैन ।’

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement