Thursday October 18, 2018 | |

नेपाल प्रहरीमा दृढता, इमान्दारिता र कर्तव्यनिष्ठता छ : प्रधानमन्त्री

featured-news

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीको दृढता, इमान्दारिता र कर्तव्यनिष्ठताको खुलेर प्रशंसा गरेका छन् ।


६३ औं प्रहरी दिवसको अवसरमा बिहीबार प्रहरी प्रधान काार्यालयमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले जनताको निकट रहेर अपराध नियन्त्रण गर्न र समाजमा अमनचयन कायम गर्न नेपाल प्रहरी सफल रहेको बताए ।


मुलुकमा हत्या, हिंसा, बलात्कार लगायतका घटना नियन्त्रणका बारेमा प्रहरीको आलोचना भइरहेका बेला प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो । उनले ‘समृद्ध नेपाल : सुखी नेपाली’ बनाउने अभियानलाई सार्थक बनाउन नेपाल प्रहरीले थप जिम्मेवार बन्नुपर्ने भन्दै नेपाल प्रहरीको भूमिकालाई अझै प्रभावकारी बनाउन सरकारले आवश्यक स्रोत, साधनको उपलब्ध गराउने बताए ।


नेपाल प्रहरी सदैब जनताको सुरक्षाको पहरेदार र सेवकका रुपमा स्थापित भएको बताउँदै प्रधानमन्त्री ओलीले मुलुक विभिन्न सशस्त्र द्वन्द्वमा गुज्रँदा सीमित स्रोत र साधनका बीच आन्तरिक सुरक्षा कायम गरेको स्मरण गरे ।


उनले नेपाल प्रहरीले अपराध अनुसन्धानमा ९० प्रतिशत सफलता पाएको भएता पनि कुनै एउटा विषयमा अपराध अनुसन्धान राम्रो गर्न नसक्दा नकारात्मक असर पर्न जाने बताए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement