Sunday December 17, 2017 | |

सीमा रक्षक देवनारायण यादव एमालेमा

featured-news

२६ असोज, काठमाडौं । सीमा रक्षक देवनारायण यादव बिहीबार नेकपा एमालेमा प्रवेश गरेका छन् । सप्तरीको तिलाठीका यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरे । एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले टीका लगाएर यादवलाई पार्टी प्रवेश गराए । सप्तरीको तिलाठी कोइलाडीस्थित नेपाल–भारत सीमा क्षेत्रमा भारतले अनधिकृत रुपमा निर्माण गरेका भौतिक संरचना र बाँध भत्काउने अभियानको नेतृत्व यादवले गरेका थिए । त्यसक्रममा भारतीय सीमा सुरक्षा बल र अतिक्रमणकारीले उनीमाथि सांघातिक आक्रमण गरेका थिए । विक्रम संवत २०४९ मा कांग्रेसबाट क्षेत्रीय सदस्य बनेका यादव कांग्रेसका जिल्ला कार्यसमिति सदस्य थिए । यादव अागामी निर्वाचनमा एमालेको तर्फबाट उम्मेदवार हुने सम्भवना समेत रहेको छ । 

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

Trending

trendings

ब्लग

भिडियो

Advertisement