Monday December 10, 2018 | |

विखण्डनकारी शक्तिका गतिविधिको शूक्ष्म अध्ययन गरिरहेका छौं : प्रधानसेनापति

featured-news

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले देशका विखण्डनकारी समूहको गतिविधि नेपाली सेनाले सुक्ष्म रुपमा अध्ययन गरिरहेको बताएका छन् ।


बिहीबार जंगी अड्डामा आयोजित ‘प्रधानसेनापति–पत्रकार अन्तरक्रिया कार्यक्रम’मा बोल्दै थापाले विखण्डनवादीको गतिविधिबाट हुनसक्ने खतरा र भोलिको परिस्थितिप्रति नेपाली सेना सचेत भएको र सम्भावित सुरक्षा चुनौति सामना गर्न पनि तयार रहेको बताए ।


सेनाले संविधानद्वारा निर्देशित दायित्व मात्रै निर्वाह गर्ने उल्लेख गर्दै थापाले त्यही अनुसार सेनालाई उभ्याउने बताए । नेपाली सेना पनि भ्रष्टाचारको चंगुलबाट अछुतो नहुने गरेको भन्दै पत्रकारले राखेको जिज्ञासामा प्रधानसेनापति थापाले नेपाली सेनाभित्र भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्र भएको बताए ।


उनले भने, ‘नेपाली सेनाको एकल प्रयासले भ्रष्टाचार नियन्त्रण सम्भव छैन । भर्ना, छनोट र मिसनमा भएको भनिएको अनियमितताबारे छानबिन भइरहेको छ । यो एकैदिनमा हट्ने कुरा पनि होइन । जरादेखि नै उपचार गर्नुपर्छ ।’


विकास निर्माण नेपाली सेनालाई सरकारले दिएको जिम्मेवारी भएपनि त्यस्तो जिम्मेवारी बहन गर्दैगर्दा सेनाको व्यवसायिकतासँग जोडेर विवादमा तान्ने गरिएकोमा प्रधानसेनापति थापाले असन्तुष्टि समेत व्यक्त गरे ।


यस्तै, काठमाडौं–तराई–मधेश द्रूतमार्ग समयमै निर्माण गर्ने चुनौती नेपाली सेनाको सामुन्ने रहेको भन्दै थापाले द्रूतमार्ग निर्माणको क्रममा सांस्कृतिक सम्पदा नष्ट नगरिने बताए ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement