Monday December 10, 2018 | |

कोलोम्बियाका नयाँ राष्ट्रपति इभानद्वारा सपथग्रहण

featured-news

बोगोटा । कोलोम्बियाको राष्ट्रपतिमा नियुक्त भएका इभान डुकेले मङ्गलबार आफ्नो पदको शपथग्रहण गरेका छन् ।


उनले पूर्व राष्ट्रपति हुँआ म्यानुएल सान्तोसलाई प्रतिस्थापन गरेका हुन् । ४२ वर्षीय राष्ट्रपति डुकेले दिएको पहिलो सम्बोधनमा सान्तोस प्रशासनले सुरु गरेको मुलुकको दोस्रो ठूलो विद्रोही समूह ‘नेसनल लिबेरेसन आर्मी (इएलएन)’ सँगको शान्ति प्रक्रियालाई पूरा गरिने बाचा गरेका छन् ।


इएलएन देशको दोस्रो ठूलो गुरिल्ला समूह हो । इभान कन्जरभेटिभ डेमोक्राटिक सेन्टर पार्टीसँग आवद्ध छन् । पहिलो ३० दिनमा इएलएनसँग शान्ति प्रक्रियाको कार्यलाई नै अगाडि लगिने उनले बताएका छन् ।


त्यसैगरी देशको सुरक्षा र आर्थिक व्यवस्थालाई बलियो बनाउने, लगानीलाई प्रोत्साहित गर्ने र प्रतिस्पर्धामा जाने पनि इभानले बताए ।


उनले कोलोम्बियामा सूक्ष्म, साना, मध्यम र ठूला कम्पनीहरुको स्थापना गरी यसबाट गुणस्तरीय रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement