Thursday January 17, 2019 | |

रोनाल्डोको डीएनए नमुना माग्दै वारेन्ट जारी, अब के हुन्छ ?

featured-news

काठमाडौं । पोर्चुगल तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा झनै चर्किने देखिएका छ ।


रोनाल्डोको डीएनए नमूनाका लागि लस भेगास प्रहरीले वारेन्ट जारी गरेको छ ।

 

एक अमेरिकी महिलाले लगाएको बलात्कार आरोपबारे छानबिन गरिरहेको प्रहरीले थप अनुसन्धानको लागि रोनाल्डोको डीएनएको नमूना माग गरेको हो ।

 

३३ वर्षका रोनाल्डोका वकिल पिटर एस क्रिष्टएनसनले प्रहरीले गरेको माग अति उत्कृष्ट रहेको बताएका छन् ।

 

अमेरिकी एक पूर्वमोडल क्याथरिन मायोर्गाले सन् २००९ मा आफूमाथि बलात्कार भएको भन्दै रोनाल्डोविरुद्ध उजुरी लिएपछि त्यसमाथि छानविन भइरहेको छ । रोनाल्डोले भने यी आरोप खण्डन गर्दै आएका छन् ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement