Friday January 19, 2018 | |

राष्ट्रियसभाका लागि एमालेको मापदण्डः वामदेवदेखि पुष्प कडेँलसम्म उम्मेदवार बन्न नपाउने

featured-news

२८ पुस, काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभामा जाने बाटो पनि भएको छ । एमालेले निर्वाचनमा पराजित भएका नेतालाई राष्ट्रियसभामा उम्मेदवार नबनाउने निर्णय गरेको छ । एमाले केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको छ । जसमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनाव हारेका तथा समानुपातिकको बन्द सूचीमा भएकाहरुलाई राष्ट्रियसभा सदस्य नबनाउने उल्लेख गरिएको छ । जसमा ‘स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नभएका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका’ भनिएको छ । यसले समानुपातिक सूचीमा रहेर सांसद हुन चाहेकाे डा पुष्प कडेँल, डा दिनेशचन्द्र देवकाेटा लगायतको राष्ट्रिसभा प्रवेशको बाटो पनि बन्द गरिदिएको छ । एमालेले माघ ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको छ ।

यसमा तपाईको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement