Wednesday September 19, 2018 | |

उपराष्ट्रपति पदमा पुनः पुन काँग्रेसले दिएन् उम्मेदवारी

featured-news

काठमाडौँ । उपराष्ट्रपति पदमा वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले उम्मेदवारी दर्ता गराएका छन्।

अाज दिउसो सम्म तोकिएको मनोनयन दर्तामा पुनको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति पुनले आज अपराह्न सो पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका थिए। उम्मेदवारीको प्रस्तावकमा रेखा शर्मा, सुवास नेम्वाङ, परशुराममेघी गुरुङ, पम्फा भुसाल र भानुभक्त ढकाल छन् भने समर्थकमा
यसैगरी समर्थकमा जयपुरी घर्ती, राजेन्द्र गौतम, रामनारायण बिडारी, ओनसरी घर्ती र देव गुरुङ रहेका छन्।

बाम गठबन्धन भित्रको भागबन्डामा राष्ट्रपति एमाले र उपराष्ट्रपति माअोवादी केन्द्रले लिने सहमति भएको थियो। सोही अनुरूप राष्ट्रपतिमा विद्यादेवी भण्डारी निर्वाचित भइसकेकी छन्।

यता राष्ट्रपति पदमा उम्मेदवारी उठाएको संसदको प्रमुख प्रतिपक्षी दल काँग्रेसले उपराष्ट्रपति पदमा उम्मेदवार उठाएन्।

योसँगै पुन पुनः उपराष्ट्रपति बन्ने पक्का भएको छ।

उपराष्ट्रपति निर्वाचन कार्यतालिकाअनुसार भोलि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका रहेको छ ।

यसमा तपाईको मत

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related News

ब्लग

भिडियो

Advertisement